काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) र अरब राष्ट्रका नेताहरूसँगको बैठकमा ट्रम्पले इरानसँग जोडिएका मार्गमा भएका व्यावसायिक जहाजमाथिका आक्रमणले मध्यपूर्वको ऊर्जा पूर्वाधारलाई इरानी नाकाबाट बाहिर सार्नुपर्ने आवश्यकता देखाएको बताए ।
उनले तेल तथा ऊर्जा आपूर्ति पाइपलाइन वा अन्य वैकल्पिक मार्गमार्फत सुरक्षित रूपमा बाहिर लैजान आईएमईसी महत्त्वपूर्ण हुने उल्लेख गरे । ट्रम्पले मध्यपूर्व दशकौँदेखि रहेका चुनौती पार गर्ने चरणमा पुगेको दाबी गर्दै अमेरिकाले क्षेत्रलाई अझ सुरक्षित र समृद्ध बनाउन आफ्ना साझेदारहरूसँग सहकार्य गरिरहेको बताए ।
सन् २०२३ मा घोषणा गरिएको आईएमईसीको पूर्वी करिडोरले भारतलाई खाडी क्षेत्रसँग र उत्तरी करिडोरले खाडी क्षेत्रलाई युरोपसँग जोड्ने लक्ष्य राखेको छ ।
यसमा रेलमार्ग, समुद्री–रेल ट्रान्जिट नेटवर्क तथा सडक यातायात पूर्वाधार समावेश छन् । यसैबीच, ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा दिएको चेतावनी दोहो¥याउँदै इरानलाई शीघ्र सही निर्णय लिन आग्रह गरेका छन् ।

















प्रतिक्रिया