Logo

अर्थ

सुनको मूल्य तोलामा २१ सयले घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ताेलामा २१ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदी तोलाको २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४४० रुपैयाँमै कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ११:०६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।