Logo

राजनीति

तरुण दलको विभिन्न जिम्मेवारी सम्हालेका गुरुङको यात्रा अब कांग्रेस केन्द्रीय समितिमा



काठमाडौं । नेपाल तरुण दलको जिल्ला अध्यक्षदेखि केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका विद्वान गुरुङ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तरुण दलको विभिन्न तहमा रहेर सङ्गठन निर्माण र नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङको राजनीतिक यात्रा अब नेपाली कांग्रेसको केन्द्रीय समितिसम्म पुगेको हो ।

पर्वत जिल्लामा नेपाल तरुण दलको जिल्ला अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालेका गुरुङ त्यसपछि दलको केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष बनेका थिए ।

तरुण दलको निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका गुरुङले पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गर्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सफलता हासिल गरेका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा गुरुङले खुला प्रतिस्पर्धातर्फ ३ हजार ४६८ मत प्राप्त गरे । कुल ७ हजार ४२ मतपत्र गणना हुँदा १६१ मतपत्र बदर भएका थिए भने ६ हजार ८८१ मत सदर भएका थिए ।

गुरुङ खुलातर्फ ४५ जना निर्वाचित हुने सूचीमा १२औँ स्थान हासिल गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले प्राप्त गरेको मत सदर मतको करिब ५०.४ प्रतिशत हो ।

नेपाल तरुण दलको जिल्ला तहबाट सुरु भएको उनको राजनीतिक यात्रा केन्द्रीय अध्यक्षसम्म पुगेको थियो । विद्यार्थी तथा युवा पुस्तासँग जोडिएको संगठनको नेतृत्व सम्हाल्दै आएका गुरुङको कांग्रेस केन्द्रीय समितिमा भएको प्रवेशलाई उनको राजनीतिक जीवनको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

तरुण दलमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै सङ्गठनात्मक अनुभव हासिल गरेका गुरुङ अब नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेर पार्टीको नीति, संगठन र आगामी राजनीतिक कार्यदिशामा भूमिका निर्वाह गर्नेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार ११:०४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।