Logo

अर्थ

शुभ लक्ष्मी कोषको आकार ३ अर्ब पुर्‍याउन धितोपत्र बोर्डको अनुमति



काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, योजना व्यवस्थापक तथा डिपोजिटरी रही संचालनमा आईरहेको खुल्लामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को अधिकृत आकार १ अर्बबाट वृद्धि गरी ३ अर्ब रूपैयाँ मात्र कायम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असोज १९ गते स्वीकृति प्राप्त भएको छ ।

मिति २०८२/०७/२५ मा शुभ लक्ष्मी कोषको आकार ५० करोडको रहेकोमा १ अर्बका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएकोमा एक वर्षको अन्तरालमा सो बुद्धि भए बमोजिमको रकम, करिव पूर्ण रुपमा ईकाइधनीहरुबाट संकलन भई बाँडफाँड गर्न कम्पनी सफल भएको छ ।

कोषको आकार ३ अर्ब कायम भएसँगै योजनाले थप लगानीकर्ताहरुलाई योजनामा सहभागी गराउन सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ । यसैगरी, शुभ लक्ष्मी कोषले ईकाइधनीहरुका लागि Systematic Withdrawal Plan (SWP) सुविधा समेत सञ्चालनमा ल्याएको छ ।

यस सुबिधा मार्फत इकाईधनीहरूले आफ्नो लगानीबाट निर्धारित समय अन्तरालमा आफुलाई आवश्यक पर्ने रकम योजनाबद्ध तथा नियमित रूपमा झिक्न सक्नेछन् । विशेषगरी, लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताहरुका लागि यो सुबिधा उपयोगी हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १३:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।