Logo

खेलकुद

पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य



काठमाडौं । युवराज सिंह सम्राले आक्रमक शतक र कुशल भुर्तेलको अर्धशतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो ।

यस सिजन २०० रन स्कोर गर्ने पोखरा पहिलो टिम बनेको छ । यस्तै एनपीएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो ।

युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे ।

यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

ओपनर महेदी असन १६ बलमा व्यक्तिगतमा ५ रन बनाएर आउट भएपछि सम्राले दोस्रो विकेटका लागि सम्रा र भुर्तेलले १३६ रनको साझेदारी गरेका थिए ।

कप्तान चमिका करुणारत्नले आक्मरक ब्याटिङ गर्दै २०० रन कटाउन मदत गरे । करुणारत्नेले केमियो इनिङ्स खेल्दै ११ बलमा ३ चौका र ३ छक्का मदतमा अविजित २५ रन जोडे । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे ।

कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । यस्तै मार्क वाटले १ विकेट लिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।