Logo

समाचार

उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल 



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ ।

मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच ग्यास पाइपलाइन विस्तारबारे छलफल भएको थियो ।

उनीहरूबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १५:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।