Logo

समाचार

थापाथलीस्थित बागमति किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन



काठमाडौं । छठ पर्वको अवसरमा आइतबार थापाथलीस्थित बागमति किनारमा व्रतालु तथा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन् ।

काठमाडौंको बागमति किनारमा बनेका छठघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन् ।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।