Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३२ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा ६, अवस्था ठिक नभएको २१ जना र अन्यमा ३४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार ०७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।