Logo

समाचार

व्यक्तिगत आयकर तिर्नेमा फेरि राजबहादुर शाह पहिलो



काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

यस वर्ष व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् । शाह यसअघि पनि विभिन्न वर्षमा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाताका रूपमा सम्मानित भइसकेका छन् ।

उनी २०७७, २०७९, २०८० र २०८२ सालमा समेत सबैभन्दा बढी व्यक्तिगत आयकर तिरेबापत सम्मानित भएका थिए । यससँगै शाहले व्यक्तिगत आयकरतर्फ उत्कृष्ट करदाताको सम्मान पटक–पटक प्राप्त गरेका छन् ।

त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने निकायमा सूर्य नेपाल प्रालि परेको छ । अघिल्लो वर्ष पनि सूर्य नेपालसहित २० वटा निकायलाई विभिन्न विधामा उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको थियो ।

सरकारले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने परम्परा छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार १४:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।