Logo

प्रमुख समाचार

एमाले राष्ट्रिय भेला आज सकिँदै, ओलीले राजनीतिक कार्यदिशाबारे निर्देशन दिने



काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन हुँदैछ। बुधबारदेखि काठमाडौंको माइतीघर हाइटस्थित कार्की बैंक्वेटमा सुरु भएको भेलाको अन्तिम दिन आज पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यतालिका छ। त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्नेछन्।

तीन दिनसम्म चलेको भेलाबाट प्राप्त सुझाव, पार्टीको सांगठनिक अवस्था र आगामी राजनीतिक रणनीतिबारे छलफलपछि राष्ट्रिय भेलाको समापन गरिनेछ।

भेला समापनलगत्तै अपराह्न ३ बजे सोही स्थानमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिएका छन्।

केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझावका साथै पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाबारे छलफल हुने उनले बताए।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार ०७:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।