Logo

Sports

एनपीएल : दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने  इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो ।

आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार ०७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।