Logo

इन्स्योरेन्स

आइएमई लाइफका स्वतन्त्र सञ्चालकसमेत पक्राउ, पूर्वमन्त्रीदेखि पूर्वसचिवसम्म प्रहरी नियन्त्रणमा



काठमाडौं । तत्कालीन श्रम सचिव तथा हाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक विनोद केसी पनि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार उनलाई पक्राउ गरेको हो।

नेपाल सरकारका पूर्वसचिव केसी हाल आइएमई लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छन्। उनी २०७९ फागुन १० गते कम्पनीको सञ्चालकमा नियुक्त भएका थिए। केसीसँगै तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पनि पक्राउ परेका छन्।

त्यस्तै, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यससँगै तत्कालीन श्रम मन्त्रालयको निर्णय प्रक्रियासँग जोडिएका पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा तानिएका छन्। पक्राउ परेका व्यक्तिहरूमाथि सीआईबीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।