Logo

प्रमुख समाचार

नेपाल लाइफले ल्यायो अभिकर्ताका लागि बम्पर अफर, १० लाखको व्यवसायमा थप ५ प्रतिशत प्रोत्साहन



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यसहित आफ्ना अभिकर्तालाई लक्षित गरी विशेष प्रोत्साहन योजना सार्वजनिक गरेको छ। कम्पनीले मंसिर १ देखि ३० गतेसम्म लागू हुने गरी ज्याकेट, भ्रमण प्याकेज, डायरी तथा थप नगद प्रोत्साहन समेटिएको योजना ल्याएको हो।

 

कम्पनीले अभिकर्ताले संकलन गर्ने प्रथम बीमा शुल्कका आधारमा थप इन्सेन्टिभ दिने व्यवस्था गरेको छ। योजनाअनुसार मंसिर महिनाभित्र १० लाख रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्ने अभिकर्ताले नियमित कमिसनबाहेक थप पाँच प्रतिशत प्रोत्साहन रकम पाउनेछन्।

कम्पनीले अभिकर्तालाई पठाएको योजनासम्बन्धी पत्रमा १० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा नियमित रूपमा प्राप्त हुने १८ प्रतिशत कमिसनका अतिरिक्त पाँच प्रतिशत इन्सेन्टिभ उपलब्ध गराइने उल्लेख छ।

कम्पनीले अभिकर्ताको व्यवसाय विस्तार र आम्दानी वृद्धि गर्ने लक्ष्यसहित यस्तो योजना ल्याएको जनाएको छ। मंसिर महिनाभर लागू हुने योजनाबाट थप व्यवसाय गर्न र आर्थिक लाभ लिन सकिने अपेक्षा अभिकर्ताहरूले गरेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।