काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ सम्पत्ति (घरजग्गा) बिक्री गर्ने भएको छ। बैंकले २०८३ मंसिर ४ गते सूचना प्रकाशित गर्दै सात दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
बैंकले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ मा रहेको घरजग्गा बिक्री गर्न लागेको जनाएको छ। बिक्रीका लागि राखिएको सम्पत्तिमा नक्सा सिट नम्बर ७ङ अन्तर्गत कित्ता नम्बर १३५८ को ५०.७९ वर्गमिटर र कित्ता नम्बर ८२० को १६६.१५ वर्गमिटर क्षेत्रफल रहेको छ।
उक्त घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बैंकको शाखा कार्यालय लालबन्दी, सर्लाहीमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
बैंकले बोलपत्र फारामको शुल्क एक हजार रुपैयाँ तोकेको छ। प्राप्त बोलपत्रहरू २०८३ मंसिर ११ गते बिहान ११ बजे बैंकको शाखा कार्यालय लालबन्दीमा खोलिने बैंकले जनाएको छ। बोलपत्रदातालाई समेत उक्त समयमा उपस्थित हुन अनुरोध गरिएको छ।
बोलपत्र पेस गर्ने प्रक्रिया, बिक्रीसम्बन्धी सर्त तथा सम्पत्तिको निरीक्षण गर्न इच्छुकले बैंकको प्रधान कार्यालय हात्तिसार, काठमाडौं वा शाखा कार्यालय लालबन्दी, सर्लाहीमा सम्पर्क गर्न सक्नेछन्।



















प्रतिक्रिया