Logo

अर्थ

मल्टीपर्पस फाइनान्सको ७ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ७ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो ।
उक्त शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाका संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले ईच्छुक संस्थापक शेयरधनीहरुले यस शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सो शेयर इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूल किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।