Logo

राजनीति

नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल



काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाएको दाबी गरेको छ।

भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक लयमा फर्काउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

उनका अनुसार भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै सहकार्यलाई परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

मन्त्री खनालले भ्रमणका क्रममा विकास सहायता, हवाई रुट, ऊर्जा, पूर्वाधार तथा व्यापारिक सहकार्यका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको जानकारी दिए।

भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ ९करिब दुई खर्ब २० अर्ब नेपाली रुपैयाँ० बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको उनले बताए। उनका अनुसार यो नेपाल–भारत सम्बन्धको इतिहासमै भारतले नेपाललाई दिन लागेको सबैभन्दा ठूलो आर्थिक सहायता प्याकेज हो।

त्यस्तै, हवाई उड्डयनका क्षेत्रमा पनि सकारात्मक प्रगति भएको मन्त्री खनालको भनाइ छ। नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्न भारत सहमत भएको उनले जानकारी दिए।

सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको आपसी विश्वास, आर्थिक सहकार्य र विकास साझेदारी थप मजबुत बनाउने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार २०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।