Logo

मौसम

आज मौसम सफा रहने



 

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बाँकी प्रदेशमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार ०७:०२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।