काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्वकर्मचारीहरूको सामूहिक स्वास्थ्य बीमा गराउन युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई छनोट गर्ने आशयको सूचना जारी गरेको छ।
बैंकले २०८३ असोज ८ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र आह्वानसम्बन्धी सूचनाअनुसार प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी युनाइटेड अजोड इन्स्योरेन्सलाई छनोट गरेको हो।
सूचनाअनुसार काठमाडौंको सुन्धारास्थित युनाइटेड अजोड इन्स्योरेन्सले ३२ लाख रुपैयाँमा पूर्वकर्मचारीहरूको सामूहिक स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रस्ताव पेश गरेको थियो।
बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम आज (मंसिर ९ गते) बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक गरेको हो।



















प्रतिक्रिया