काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्।
शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि संघको उपाध्यक्ष रहेका रेग्मी परम्परागत अभ्यासअनुसार अध्यक्ष बनेका हुन्।
त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन्।
संघको सदस्यमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य चयन भएका छन्।




















प्रतिक्रिया