कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणनामा प्रगतिशील, समूहका उम्मेदवारले अग्रता लिएका छन् ।झापा, इलाम र विराटनगरको मतगणना सकिँदा अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठले १ सय ९६ र लोकतान्त्रिक समूहका सुनिल पोख्रेलले १ सय ९ मत पाएका छन् ।
अहिलेसम्म तीन सय ५ मत गनिसकिएको छ । मंगलबार ९ बजेदेखि फेरि गणना हुरु हुने निर्वाचन समितिका सदस्य शिव रिजालले जानकारी दिएका छन् । सबै मत गनिसक्न अझै ४ दिन जति लाग्ने उनले बताए ।
२५ औं केन्द्रीय कार्यसमितिका लागि गएको शनिबार भएको मतदानमा देशभरका आठ हजार ३ सय २९ जनाले मतदान गरेका थिए ।पछिल्लो नतिजाअनुसार प्रगतिशील समूह अगाडि देखिएको छ । लोकतान्त्रिक समूह पछाडि छ ।




















प्रतिक्रिया