Logo

मधेश प्रदेश

प्रहरीद्वारा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट



बारा जिल्ला स्थित निजगढ नगरपालिका-१२ लालटोलस्थित करिब ३ बिगहा जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।

उक्त वडाको विभिन्न स्थानमा मकै खेतीभित्र अवैध गाँजा खेती गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सो अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो । साथै बाँकी रहेको गाँजा खेती नष्ट गरिने अभियान समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।