Logo

मधेश प्रदेश

अपहरितसँग जबरजस्ती एक करोडको कपाली



दोलखा घर भई हाल काठमाडौ महानगरपालिका ३२ कोटेश्वर बस्ने भिम बहादुर कार्कीले बारा सिमौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल बस्ने जियालाल महतो कोईरीलाई चरम यातना दिई करौडौ रुपैयाको कपाली तमसुक गराएको कलैयामा सोमवार पत्रकार सम्मेलन गरि सो कुरा जानकारी दिएको हो ।

२०७५ साल कार्तिक महिना ९ गते कार्की, रौतहट जयराजपुर टोल बस्ने रामबाबु कुमार यादव सहितका केहि ब्यतिmहरुले रौतहटको कटहरिया बजारबाट कोईरीलाई अपहरण शैलीमा स्कारपियो गाडीमा आँखा बाधी काठमाडौमा लगि निकै यतना दिएको कोईरीले बताएको हो ।

काठमाडौमा करिब ८ दिन, र चरिकोटमा १० गरि १८ दिन राखी करिब १ करौड रुपैयाको कपाली तमसुख बलजबरजस्ती गराएको जानकारी दिए । कार्कीले कोईरीको नागरिकता खोसी काठमाडौको कोटेश्वरमा रहेको जनता बैकमा लगी खाता खोली आफ्नो घरमा ल्याई यतना दिई आफ्नो नाममा चेक काटी हस्ताक्षर गर्न लगाएको बताउदै कति रुपैयाको चेक काटियो आफुलाई थाहा समेत नभएको कोईरीले दुखेसो व्यक्त गरेको हो ।

त्यति मात्र नभई भारतको वैगलौरबाट असार १ गते घर आएका छोरा ब्रजेश कुमार कुश्वाहालाई कार्की र यादवले राती ९ बजे अपहरण शैलीमा नै घरवाट समाती सिम्रौनगढ ईलका प्रहरीमा राखी आफुलाई छोरा बुझन आउ भन्दै राती अवेर सम्म भनेपनि आफु रातीको समय भएको कारण भोली बिहानै आउँछु भनी जवाफ दिएपछि छोरालाई प्रहरी माथि गाली गलौज गरेको झुठो मुद्धा बनाई प्रहरी निरिक्षक खगेन्द्र धमलाले छोरा माथि मुद्धा चलाएको बताए ।

छोरा दोषी भएको भए प्रहरीले किन लिन आउन भन्थ्यो मुद्धा चलाई हाल्थ्यो नि कोईरीले भने । यो भन्दा पहिला २०७५ साल माघ १ गते बुबा रामएकवाल र उनका साथी मेथुरा साहलाई पनि अपहरण शैलीमा घरवाट माठमाडौ लगि निकै यतना दिएको थियो ।

बुबा संग रहेको १ लाख, १३ हजार र उनको साथी संग रहेको २४ हजार रुपैया समेत खोसी लिएको जियालालको आरोप रहेको छ । आफनो ज्यान रक्षाका लागि महतोले जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला अदालत बारामा मुद्धा दायर गरेका छन् ।

काठमाडौ निवासी कार्की , रौतहट निवासी यादवलाई कार्यवाहि गर्न माग गर्नुभयो । समान्य परिवारका ब्यतिmसंग यसरी कपाली तमसुक गराएर, यातना दिएर आफु माथि अन्याय गरेको हुदा न्यायका लागि पहल गरिदिन सबैलाई आग्रह गरेका हुन् ।

यस बिषयमा सिम्रौनगढका प्रहरी निरिषक खगेन्द्र धमलासंग बुझदा पैसा लिएको मुद्धा आफु कहा आएको हुदा जियालाल महतोलाई समात्न जादा उनका छोराले सईको कलर तानेको हुदा पक्राँउ गरिएको बताए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।