Logo

मधेश प्रदेश

पर्सामा करेन्ट लागेर २५ वर्षीय साहको मृत्यु



पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार बेलुका मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।