भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मंगलबार विहान भत्किँदा १२ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा ५० भन्दा बढी व्यक्ति फसेको आशङ्का गरिएको छ । करिब १० वटा परिवार बस्दै आएको उक्त भवन एक्कासी भत्किएको थियो । समाचार एजेन्सीहरुका अनुसार भग्नावशेषबाट एक बच्चासहित पाँच जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार विस्थापित
मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए ।
अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।




















प्रतिक्रिया