Logo

खेलकुद

एभरेस्ट कलेजलाई पेनाल्टी सुट आउटमा हराउदै एपेक्स कलेजले उठायो दोस्रो जय नेपाल कपको ट्रफि



नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयले समन्वय समितिले आयोजना गर्दै आएको जय नेपाल कप फुटबलको यो बर्षको उपाधि एपेक्स कलेजले हात पारेको छ।

सानो गौचरनमा भएको नब्बे मिनेटको खेलमा एपेक्स कलेज र एभरेस्ट कलेज दुबैले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा एपेक्स कलेजले एभरेस्ट कलेजलाई द्धन्दको अन्तरले हराएको थियो ।

बिजेता टिमलाई नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले, खादा, अबिर, ट्रफी र पुरस्कार प्रदान गरेको दोस्रो जय नेपाल फुटबल कपका कोडिनेटर नन्द किशोर बमले जानकारी दिए ।

जय नेपाल फुटबल कपको बेस्ट पेलेर संगम शाही ठकुरी घोशित भए भने बेस्ट मिड फिल्डर र बेस्ट गोलकिपर दिपेश सिटौला र युजिन खड्का घोषित भए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १३:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।