Logo

अचम्म

जब जहाजबाट र्ओलेपछि यात्रुले सामानको सट्टा चिठी पाए…!



भारतमा गत आइतबार भारतको नयाँदिल्लीबाट एयर इन्डिगोको जहाज यात्रुको सामान विना नै टर्कीको इस्तानबुलको विमानस्थलमा अवतरण गर्यो । जब यात्रुहरू जहाजबाट ओर्लिएर लगेज लिने ठाउँमा गई आफ्ना सामान पर्खिए ।

कन्वेयर बेल्टमा उनीहरूको सामानको साटो एउटा चिठी घुम्दै आइपुग्यो ।उक्त चिठी यात्रुले पढेपछि सबै यात्रु अचम्मित परे । एयर इन्डिगोले पठाएको चिठीमा सबै यात्रुको सामान दिल्लीमै छुटेको व्यहोरा थियो ।

जहाजमा १३० भारतीय यात्रु आएका थिए । त्यसमध्ये एकयात्रुले एयर इन्डिगोको उक्त लापरबाहीबारे सामाजिक सञ्जाल ट्विटरमा रिस पोखे । अरू यात्रु पनि रिसाए । कतिपय यात्रुले त लगेजमा औषधी राखेका थिए । इन्डिगोले फेरि सूचना निकालेर माफी मागेको छ र घटना अनुसन्धान गर्ने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठकसमक्ष प्रस्तुत गरेका थिए । यसअघि उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो ।

गृहमन्त्री थापाले विधेयकको संशोधन प्रस्तावमाथि सांसदले राखेको जिज्ञासामाथि जवाफ दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक व्यापक छलफल र परामर्श गरी ल्याइएको स्पष्ट पारे ।

उनले संशोधन प्रस्ताव माथिका केही बुँदालाई विधेयकले ग्रहण गर्ने जानकारीसमेत दिए । यसअघि सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद ठगेन्द्रप्रकाश पुरी र रामप्रीत पासवानले विधेयकलाई अझ समृद्ध बनाउन संशोधन आवश्यक रहेको बताए । चार बुँदामा १३ जना सांसदले सो विधेयकमाथि संशोधन गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार १२:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।