Logo

बैंकिङ

मुक्तिनाथ बैंकद्धारा लाभांश प्रस्ताव



मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४ दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ११:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।