नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा सय रुपैँयाको गिरावट आएको छ । आज सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार अघिल्लो दिनको तुलनामा चाँदी तोलामा रु ५ घटेर तोलामा १२०५ रुपैयाँमा कारोबार भएको छ ।
२२ मंसिर २०७७, सोमबार १२:०८
0
Shares



















प्रतिक्रिया