Logo

बैंकिङ

काठमाडौँ सिईडिबि हाईड्रोपावरको एजीएम पुस १३ गते



काठमाडौं सिईडिबि हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ ।उक्त सभा दिउँसो ३ बजे कम्पनीको कार्यालय त्रिपेरेश्वर काठमाडौंबाट भर्चुअल मार्फत हुने कमपनीले जनाएको छ ।

साथै सभाले आर्थिक बर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । भने आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीको साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २८ गतेदेखि पुस १३ गतसम्म बन्द हुने कम्पनीले जनाएको छ ।जसका कारण मंसिर २७ गतेसम्म कायम रहेका शेयरधनीलेसभामा भाग लिन सक्ने छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १४:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।