Logo

अन्तर्वार्ता

काेहलपुर घटना : सुरक्षाको जिम्मा लिएका प्रहरीबाटै बल प्रयोग हुँदा स्थिति अप्रिय बन्यो : डा. संग्रौला (भिडियाे)



बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर निन्दा र भत्सर्नाको कुरा अहिलेसम्म जारी छ । यसैबीच नेपाली कांग्रेसकि केन्द्रीय सदस्य एंबम् प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले सुरक्षाको जिम्मा लिएको प्रहरीले स्कुले बालबालिकामाथि अनावश्यक बल प्रयोग गर्दा स्थिति अप्रीय बनेको बताएकी छिन् ।

अनलाइनपाना डटकमसँगको अन्तरवार्ताको क्रममा सांसद डा. संग्रौलाले सरकारले नागरिकको बोल्न पाउने र बिरोध गर्न पाउने संबैधानिक अधिकारलाई कुण्ठित गर्दा बाँके घटनाको आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले कडा शब्दमा भत्सर्ना गरेको समेत उल्लेख गरिन् । नेपाली कांग्रेसले बाँके घटनाको बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस बिज्ञप्ती समेत जारी गरेको समेत स्मरण गरिन् ।

सरकार निकट व्यक्ति वा समुहद्वारा बाँके घटनालाई नेपाली कांग्रेसले अतिरञ्जित गर्न खोजेको आरोप लागीरहेको छ नि भन्ने अनलाइनपानाको जिज्ञासामा सांसद संग्रौलाले सरकारको शैली र फिल्डमा खटिएका प्रहरिको व्यबहारले कानुनी राज्य र बिधीको शासनको उल्लंघन सरकार वा उनिहरुकै संयन्त्रले गरेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल भएको नाताले पनि जनताको समस्यालाई प्राथमिकता दिनु आफुहरुको धर्म भएको उनको जिकिर गरिन् ।

लामो समयदेखि संसद सभामुख बिहिन रहेको उल्लेख गर्दै जनताको आवाज सुन्ने थलोलाई समेत सरकारले बन्धक बनाएको भन्दै राष्ट्रियतामा आँच आउँदा समेत सरकारले संसद सुचारु नगरेर सरकारले आफ्नो असली चरीत्र देखाएको उनको भनाई छ । प्रधानमन्त्रीले आफू निकट व्यक्तिलाई सभामुख बनाउन नपाएको झोंकमा जनताको आवाज सुन्ने थलोलाई प्रधानमन्त्रीले नै बन्दक बनाएको उनको भनाई छ ।

प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान बिभागको माध्यमबाट जनताको फोन ट्यापिङ गर्न लागेको कुरा प्रती आपत्ति प्रकट गर्दै जनताको मौलिक अधिकार, स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार माथि धावा बोलेको जानकारी दिंदै सरकारको कदम संबिधान बिपरित रहेको समेत उनको ठहर छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०५:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।