Logo

अर्थ

भारतले पेट्रोलियम तालिम केन्द्र बनाइदिने



भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमका लागि पेट्रोलियम तालिम केन्द्र निर्माण गरिदिने भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरिदिएको आइओसीले दोस्रो ठूलो परियोजनाअन्तर्गत तालिम केन्द्र बनाइदिने भएको हो । पाइपलाइनको लागतमध्ये ५ अर्ब रुपैयाँभन्दा बढी भारतले व्यहोरेको थियो ।

२७ र २८ पुसमा नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नेपालका तर्फबाट उपस्थित वार्ताटोलीका संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेका अनुसार आयल निगमले तालिम केन्द्र निर्माण गरिदिन प्रस्ताव गरेको थियो । ‘निगमको प्रस्ताव सुनेर भारतीय पक्ष खुसी भएका थिए, उनीहरूले छिटोभन्दा छिटो ठाउँ तोकिदिन आग्रह गरेका छन्,’ घिमिरेले भने, ‘सबै खर्च उसैले व्यहोर्नेछ ।’

नेपालमा पेट्रोलियम कारोबार भएको ५० वर्ष नाघ्दा पनि तालिम केन्द्र छैन । बर्सेनि करिब १ सय निगमका कर्मचारी तथा केही व्यवसायीसमेत पेट्रोलियम पदार्थको ढुवानी, लोड–अनलोड, सुरक्षित भण्डारण, डिपो सञ्चालनलगायतका विषयमा तालिम लिन भारतलगायतका देश जानुपरिरहेको छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।