पुस्तक आयातमा १० प्रतिशत भन्सारदर लगाएर ज्ञानमाथि कर थोपरेको सरकारले पुस्तकको आयातमै अंकुश लगाउन खोजेको छ । तेस्रो मुलुकमा मुद्रण भएका पुस्तकको भन्सार मूल्यांकनमा बखेडा झिक्दै राजस्व अनुसन्धान विभागले किताब बोकेको ट्रक एक महिनादेखि नियन्त्रणमा लिएको छ ।
वीरगन्ज भन्सारबाट गत १ जनवरीमा जाँचपास भएर आएको ट्रकलाई पथलैयामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर राजस्व छलेको आरोपमा अनुसन्धान गरिरहेको छ । आपूर्तिकर्ताबाट खरिद गरेकै मूल्यको बिलबिजकलाई आधार मानेर भन्सार मूल्यांकन गरी जाँचपास भएको करिब १८ टन पुस्तक बोकेको ट्रक विभागकोे नियन्त्रणमा छ । भन्सार कार्यालयबाट भारतीय मूल्य स्टिकरको एमआरपीलाई आधार मानेर भन्सार मूल्यांकन गरी जाँचपास भएको ट्रकलाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो ।
२१ वटा फर्म ९आयातकर्ता तथा विक्रेता०ले ल्याएको पुस्तकको भन्सार मूल्यांकनमा विवाद देखिएको हो । आयातीत पुस्तकमा उल्लेख भएको भारु र डलरमध्ये कुनचाहिँ अधिकतम खुद्रा मूल्य (एमआरपी)लाई भन्सार मूल्यांकनको आधार मान्ने भन्नेमा व्यावसायी र सरकारबीच विवाद भएको हो । त्यति मात्रै होइन, यस विषयमा सरकारकै दुईवटा निकायबीच समेत द्विविधा देखिएको छ ।
तेस्रो मुलुकमा मुद्रण भएका करिब दुई करोड रुपैयाँबराबरका पुस्तक वीरगन्ज भन्सार कार्यालयबाट भारतीय एमआरपीको आधारमा मूल्यांकन भएर जाँचपास भएको थियो । तर, राजस्व अनुसन्धानले डलरको साटो भारु एमआरपीलाई भन्सार मूल्यांकनको आधार मानेर न्यून बिजकीकरण गरिएको भन्दै ट्रक नियन्त्रणमा लिएको हो । एक महिनादेखि पुस्तक बोकेको ट्रक राजस्व अनुसन्धानको नियन्त्रणमा हुँदा राजधानी काठमाडौंलगायत विभिन्न सहरका पुस्तक पसलमा विदेशी पुस्तकको अभाव खट्किएको छ । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया