Logo

शेयर बजार

सेयर–बजार : नेप्सेमा उच्च बृृद्धि



नेप्से आज आईतबार २१ दसमलव २६ अंकले बढेर १३ सय ४६ दसमलव ६४ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ९९ अंकले बढेर दुुई सय ८६ दसमलव ७५ अंकमा पुुगेको छ ।

एक सय ७५ कम्पनीहरुको २० हजार छ सय ३५ वटा कारोवारमा ५३ लाख ४६ हजार पाँच सय आठ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब सात करोड ७९ लाख ८७ हजार सात सय ९९ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव चार अंकले बढेर ११ सय ७५ दसमलव ९६ अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुचक २८ दसमलव ३२ अंकले बढेर १८ सय नौ दसमलव ७८ अंकमा पुुगेको छ । यि बाहेक जलबिद्युुत, लघुुबित्त, निर्र्जिवन बीमा, उत्पादनमुुलक, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । टे«डिङ र जीवन बीमा समुहको सुचक भने घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ग्रामिण बिकास लघुुबित्त बित्तीय संस्था परेको भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शुुर्या लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार १७:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।