Logo

शेयर बजार

शेयर बजारमा लगातार गिरावट, ४ अर्ब ४१ करोडकाे कारोबार



काठमाडौं । आज पनि शेयर बजार दाेहाेराे अंकले घटेको छ । नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०. ०२ को विन्दुमा बन्द भएको छ ।

आज ३३८ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्सको १७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै टक्सार पिखुवाखोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । याम्बालिङ हाइड्रोका लगानकिर्ताले पनि १५ प्रतिशतका दरले कमाएका छन् । भुजुङ हाइड्रोका लगानीकर्ताले १४.६९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार १५:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।