Logo

शेयर बजार

शेयर बजारमा सामान्य वृद्धि, ५ अर्ब ७३ करोडकाे कारोबार



काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को विन्दुमा बन्द भएको छ।

आज ३४७ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ८५ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ४९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । एसबिएल डिबेञ्चर २०८४ का इकाईधनीले १४.९३ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्तका लगानीकतार्नले ८.७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल रिइनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १५:१३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।