Logo

बैंकिङ

सनराइज बैंकले ८ दशमलव २८ प्रतिशत लाभांश दिने, साधारण सभा आगामी २४ गते 



सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष ७६–७७ को मुनाफाबाट ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । बैंकको सोही प्रस्ताव राष्ट्र बैंकबाट समेत स्वीकृत भइसकेको छ । 

बैंकको बार्षिक साधारणसभा आगामी पुस २४ गते बिहान १० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा सभामा हुन गइरहेको छ । 
  
यसअघि बैंकहरुले डिजिटल माध्यमबाट साधारणसभा आयोजना गर्दै आएकोमा सनराईज बैंकले पार्टी प्यालेसमा साधारणसभा घोषणा गरेको हो ।
उक्त लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । कूल चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको बैंकको साधारणसभामा वित्तीय विवरण पारित गर्ने लगायतका नियमित एजेण्डाहरुसहित प्रबन्धपत्र नियमावली संशोधन गर्दैछ ।

बैंकको साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय अनुसार पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।