Logo

शेयर बजार

सेयर बजारमा कीर्तिमानै कीर्तिमान



सेयर बजारमा सोमबार कीर्तिमानी कारोबार भएको छ । साताको पहिलो दिन आयतबार पुँजीबजारमा नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढेको हो भने कारोबार रकम अहिलेसम्मकै उच्च हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजारमा ३ अर्ब ६० करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो क्रममा १ सय ७८ कम्पनीका ८७ लाख ६९ हजार कित्ता सेयर कारोबारमा आए । यसअघि बिहीबार नेप्सेमा कारोबार रकमले नयाँ किर्तिमान कायम गरेको थियो । सो दिन बजारमा २ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएका थिए ।

सर्वाधिक कारोबारको कीर्तिमान कायम गरेको दिन नेप्से ४ दशमलव ८५ प्रतिशतले बढेर १५ सय ४ दशमलव १४ अंकमा पुगेको हो । अर्थमन्त्रीबाट युवराज खतिवडाको बहिर्गमन हुने हल्ला चलेपछि सेयर बजारले नयाँ रेकर्ड कायम गरेको लगानीकर्ताले बताए ।

नेप्से बढ्दा समूहगत परिसूचकतर्फ सबै समूह उच्च अंकले उकालो लागे । त्यसमध्ये ट्रेडिङ समू सर्वाधिक ८ दशमलव २५ प्रतिशतले बढ्दा बैंकिङ समूह पनि ७ दशमलव १५ प्रतिशतले बढ्यो । अंकका आधारमा जीवन बिमा समूह सर्वाधिक १ सय ९२ दशमलव ३६ अंकले बढ्यो ।

बजार बढेको दिन ११ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जसमध्ये फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको छ । नेप्से घटेको दिन २५ कम्पनीको सेयर मूल्य घट्यो भने ७ कम्पनीको सेयर मूल्य यथावत् रह्यो । यसदिन कारोबार रकमका आधारमा एनएमबी बैंक अगाडि रह्यो । बैंकको १२ करोड रुपैयाँको सेयर मूल्य किनबेच हुँदा अरू तीन कम्पनीको पनि १० करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १५:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।