कृषि विकास बैंकले लगानीकर्तालाई कुल १५ दशमलव ७८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमवार सम्पन्न संचालक समितिको बैठकले बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, बैंकले सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।संचालक समितिद्धारा प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।





















प्रतिक्रिया