Logo

शेयर बजार

अर्थमन्त्रीमा यूवराज खतिवडाको पूनः नियुक्ति प्रभाब, सेयर बजर खुलेको २ घण्टामा ५० अंकको गिरावट



सेयर बजार नेप्से २ घण्टामा ५० अंकले ओरालो लागेको छ । सोमबार २ पटक नेगेटिभ सर्किट लागेर बन्द भएको बजार मंगलबार भने सुधार भएको थियो । मंगलबार अर्थमन्त्री यूबराज खतिवडाले राजिनामा दिने हल्ला चलेपछि बजारमा सुधार आएको थियो ।

“सोमबार बजारबाट ठूला लगानीकर्ताहरु पनि बाहिरिएको बिश्लेषण गर्नेहरु पनि थिए । तर मंगलबारको बजारमा त्यस्तो देखिएन । तर आज पुन अर्थमन्त्रीमा यूबराज खतिवडाको नियुक्तिसंगै सेयर बजार ओरालो लागेको छ ।

सोमबार बजारबाट ठूला लगानीकर्ताहरु पनि बाहिरिएको बिश्लेषण गर्नेहरु पनि थिए । तर मंगलबारको बजारमा त्यस्तो देखिएन ।मंगलबार पनि ठूला लगानीकर्ताहरुको सूचक सेन्सिटिभ इन्डेक्स पनि सकारात्मक नै रह्यो । तर आज भने यो समाचार तयार पार्दासम्म सेन्सिटिभ इन्डेक्स ४।११ प्रतिशतले ओरालो लागेको छ ।

बिगतको ट्रेन्ड हेर्दा अब सेयर बजार केहि समय ओरालो लाग्ने देखिन्छ । किनकी जब राजनिती अलि अस्थिर जस्तो देखिन्छ तब सेयर बजार परिसूचक अनपेक्षित बढ्छ । जब राजनिती अलि स्थिर जस्तो देखिन्छ अनि सेयर बजार परिसूचक ह्वत्तै ओरालो लाग्दछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार १७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।