Logo

बैंकिङ

बैंक अफ काठमाण्डूले सार्वजनीक गर्यो नयाँ व्याजदर 



काठमाडौं । बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनीक नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५ प्रतिशतदेखि ७ प्रतिशत र संस्थागत मुद्दतितर्फ ५.५ देखि ६.५ प्रतिशतसम्म, नवीकरण हुने मद्दतितर्फ ४.६० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यसैगरी रिक्वाएरिङ डिपोजिटतर्फ २ देखि १० वर्षसम्मका लागि ६ प्रतिशत ब्याजदर तोकिएको छ भने  यसैअन्तर्गत किसान बैंकिङ सेवातर्फ पनि ६ प्रतिशत ब्याजदर नै तोकिएको छ ।

बैंकले बचततको लागि २ देखि ३.५ प्रतिशत र कल डिपोजिटमा बढीमा १ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

ऋणतर्फ बैंकले फिक्स्ड ब्याजदरतर्फ घर बनाउनका लागि १० वर्षसम्म १०.९८ प्रतिशत ब्याजदर, १५ वर्षसम्मका लागि ११.९८ प्रतिशत र २० वर्षसम्मका लागि १२.९८ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी हायर पर्चेज लोन ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत, ५ वर्षभन्दा बढीको हकमा ११.४९ प्रतिशत ब्याजदर लाग्नेछ । त्यसैगरी शैक्षिक कर्जाको हकमा ५ वर्षसम्मका लागि ९.४९ प्रतिशत, ५ वर्षभन्दा बढीको हकमा १०.४९ प्रतिशत ब्याजदर लाग्नेछ ।

बैंकले हाउजिङ, एजुकेशन, हायर पर्चेज, १ करोड ५० लाखसम्मको रेसिडेन्सियल रियल स्टेट लोनमा अधिकतम १२।६८ प्रतिशत ब्याजदर लाग्ने जनाएको छ ।

बैंकको बेस रेट ७.६८ प्रतिशत र स्प्रेड रेट ३.९० प्रतिशत रहेको छ । 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।