Logo

बैंकिङ

एसियन लाईफको सिईओमा श्रेष्ठ नियुक्त 



एसियन लाईफ इन्स्योरेन्स लिमिटेडको सीईओमा दिनेशलाल श्रेष्ठ पक्का भएका छ । श्रेष्ठलाई सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको समिति स्रोतले जनाएको छ । माघ १ गते देखि लागु हुने गरि ४ वर्षे कार्यकालको लागि श्रेष्ठ सीईओ नियुक्त भएका हुन् ।

एसियन लाइफका पूर्व संचालक समेत रहेका श्रेष्ठलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघिनै संचालक समितिले सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत छन्  ।

राजेश कुमार  श्रेष्ठको कार्यकाल सकिएपछि होमबहादुर श्रेष्ठले  निमित्त सीईओको जिम्मेवारी सम्हाली  रहेका छन् । नव नियुक्त सीईओ श्रेष्ठले माघ १ गते देखि कार्यभार सम्हाल्ने छन्।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।