Logo

बैंकिङ

बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई नेशनल प्याथ ल्याबमा १५% छुट



बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५% को छुट उपलब्ध गराउने सम्झौता भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क श्रेणीको मान्यता प्राप्त प्रयोगशाला श्री नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक श्री रत्न बहादुर खड्काज्यू र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि., रुन्देहीका निर्देशक श्री पवन जोशीज्यूूले हस्ताक्षर गर्नुभयो । 
बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।