Logo

बैंकिङ

नेपाल बैंकले लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने 



नेपाल बैंकले लगानीकर्तालाई कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सोही निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रहेको छ । सञ्चालक समितिले प्रस्तााव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

nepal bank notice.jpg

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १२:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।