Logo

अचम्म

बेश्यालय छिरेका पुरुषले आफ्नै श्रीमति र छोरी यस्तो अवस्थामा भेटेपछि…



विश्वमा बेला-बेलामा अनौठा–अनौठा किसीमका घटना घटिरहन्छन् । यस्तै सुपर एक्स्प्रेसले छापेको एक खबर अनुसार एक स्थानीय बेश्यालयमा श्रीमान आफ्नो यौन प्यास मेटाउन पुग्छन् । रकम तिरेर यौन कर्म गर्ने कोठामा तयारी अवस्थामा बस्छन् । त्यतिकै यौन प्यास मेटाई दिने युवती अध्यारो कोठमा प्रवेश गर्छिन । मधुरो उज्यालो, आवाज, चाल र हाउभाउले नै थाहा भईहाल्यो की त्यहाँ आफ्नै श्रीमती आएकी छिन् ।

युवतीलाई पनि थाहा भयो की ग्राहक श्रीमान् हुन् । एकअर्कालाई हेरेर दुबैको होसहवास उड्यो । श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको गोप्य अर्थशास्त्र के हो भन्ने चाहिँ उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरुबीच रहेन ।

श्रीमानले प्वाक्क सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ ? उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

श्रीमानले अखबारलाई भने–‘म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ ।

श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् । बुझ्दै जाँदा उक्त बेश्यालयमा ती युवतीले आफ्नै कलिलो उमेरकी छोरीपनि पुर्याएको खुलेपछि ती पुरुषले सहनै सकेनन् र सम्बन्ध बिच्छेद गरे । सम्बन्ध बिच्छेदका क्रममा बयान दिएका आधारमा उक्त पत्रिकाले खोजेर यो खबर लेखेको थियो । एजेन्सी

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १४:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।