Logo

साहित्य

म भित्रकाे ‘म’



भिडमा भएर पनि,
एक्लै हिडिरहेको म

अट्टाहास हांसो हांसेर पनि,
आफै भित्र चिच्याइरहेको म ।

आकाश चुम्न चाहेर पनि,
बादलुमै निस्सासि रहेको म

सागर बन्न चाहेर पनि,
खहरेमै विलाइरहेको म ठ

आखा भित्र राख्न चाहेर पनि,
आशु बनेर टलपलाई रहेको म

जुन बनेर हांस्न खोजे पनि,
औंसी आउने रात मै हराई रहेको म ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।