उखु किसानको आन्दोलन चलिरहँदा उद्योग मन्त्री लेखराज भट्टले किसानको वक्यौता नर्तिने उद्योगीलाई बचाउ गर्न उच्चतहका नेताबाट दबाब आएको बताउनुभएको छ । मंगलबार मन्त्रीहरको बैठकले वक्यौता नतिर्ने चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालय मार्फत निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यन्वयन नगर्न आफुलाई उच्च तहका नेताको दवाव आएको मन्त्री भट्टले बताउनु भयो । उद्योग समितिको बिहीबार भएको बैठकमा उखु किसानको हितमा आफुले निरन्तर काम गरेको र अव पनि गर्ने भन्दै कसैको फोनको भरमा पछि नहट्ने तर्क गर्नुभयो । उहाले उखु किसानहरुको वक्तौता उद्योगीले तिर्नुपर्ने भन्दै यसका लागि सरकार जस्तो सुकै कठोर नीति लिन पनि तयार रहेको बताउनुभयो ।
संसदीय समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन र सोको जानकारी समितिलाई गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति बिमल श्रीवास्तावले उखु किसानको भुक्तानीको समस्याप्रति गम्भीर भएर भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।
त्यस्तै बैठकले श्रमिकले पाउने तलव सुविधा लगाएतका अवस्थाका बिषयमा स्थलगत छानविन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको उहाले बताउनुभयो ।
बैठकमा सांसदहरुले चिनी मिल सञ्चालकहरुले नियतवस नै किसानहरुको रकम भुक्तान नगरेको आरोप लगाएका थिए । किसानको रकम भुक्तान गराउन सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ । लामो समयदेखि आफुहरुले रकम नपाएको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् तर सर्लाहीका चिनी मिल सञ्चालहरुले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाउदै आएका छन् ।
आइतबार देखि आफ्नो बाँकी वक्यौताको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरु आज भने हलो र जुवा सहित आन्दोलनरत रहेका छन् ।





















प्रतिक्रिया