Logo

साहित्य

“फाटेको मन थोरैथोरै टाल्न पाए हुन्थ्यो !”



भोक लाग्दा पेटमा चारो हाल्न पाए हुन्थ्यो
फाटेको मन नि थोरैथोरै टाल्न पाए हुन्थ्यो !
==========

म त सानो मान्छे सपना नि सानै छ हजुर
एकफेर साँझमा चुल्हो बाल्न पाए हुन्थ्यो !
==========

टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो
पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो !
==========

अत्तरभन्दा पसिनाको सुगन्ध झनै मिठो
यसै गरी मालिक फेरि पाल्न पाए हुन्थ्यो !
==========

लुट्न बाँकी के नै छ र भन अब सरकार
मैले पनि एउटा चाल चाल्न पाए हुन्थ्यो !
==========

धर्तीमाथि श्रम गर्ने मालिक उही हो भनी
मजदुरको नाम लेख्न थाल्न पाए हुन्थ्यो !

==========
       प्रथा

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।