Logo

शेयर बजार

शेयर बजार जेठ ५ गतेसम्म बन्द (सूचनासहित)



नेपाल स्टक एक्सचेञ्जले शेयर बजार आगामी जेठ ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेञ्जको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो।

काठमाण्डौमा पनि कोरोनाको विरामी देखिएको र बिहीबार (जेठ १ गते) बाट लकडाउन कडा भएकोले लगानीकर्ताको स्वास्थ्यलाई समेत ध्यानमा राखेर शेयर बजार बन्द गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

चैत ११ गतेदेखि बन्द भएको शेयर कारोबार गत मंगलबार (बैशाख ३० गते) देखि साविकका नियमहरुमा केही परिवर्तन गरी दैनिक २ घण्टाका लागि बजार खोलिएको थियो। कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागि तोकिएको अवधिभन्दा अगावै बन्द भएको थियो।

 

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १३:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।