Logo

अर्थ

सुनको मूल्य बढ्नेक्रम जारी, आज पनि तोलामा एक हजारले बढ्यो



नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । बुधबार ८८ हजार ६ सयमा कारोबार भएको सुन बिहिबार (आज) एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन ८९ हजार १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ९ सय ५० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार ११:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।