Logo

बैंकिङ

प्रभु बैंकले सेयरधनिलाई १० दशमलव ५२ प्रतिशत लाभांश दिने, साधारणसभा २६ गते 



प्रभु बैंकले सेयरधनिहरुलाई १० दशमलव ५२ प्रतिशत लाभांश दिने पक्का भएको छ । बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेसँगै सेयरधनिले सोही लाभांश पाउने पक्का भएको हो । 

साथै सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १० गतेदेखि बैंकको बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंक लिमिटेडले पुष २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको पौष १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १९औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।